परम्परागत ज्ञानलाई अनेकन किसिमले परिभाषित गरिएको पाइन्छ । जैविक विविधतासम्बन्धी सन्धि (Convention on Biological Diversity, CBD) को सचिवालयद्वारा सञ्चालित वेबसाइटमा परम्परागत ज्ञानको परिभाषा दिएको छ । त्यस परिभाषाको भावानुवाद यसप्रकार छ: विश्वभरका स्थानीय समुदायको ज्ञान, नयाँ आविष्कार, अभ्यास आदिलाई परम्परागत ज्ञान भनिन्छ । शताब्दीऔं अघिदेखिको अभ्यास र अनुभवबाट परम्परागत ज्ञान निर्माण हुन्छ, जुन मूलतः मौखिक रूपमा एका पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ । परम्परागत ज्ञानको स्वामित्व सामूहिक प्रकृतिको हुन्छ । परम्परागत ज्ञान कथा, उखान–टुक्का, सांस्कृतिक मूल्य–मान्यता, विश्वास प्रणाली, रीतभाँत, प्रथाजनित कानुन, स्थानीय भाषा, कृषि कार्य, विरुवा रोप्ने–हुर्काउने विधि र घरेलु जनवारको प्रजननसँग सम्बन्धित प्रणालीमा रहन्छन् । यसमा हजारौं वर्षदेखिका अभ्यास रहन्छन् । परम्परागत ज्ञान कृषि, माछा पालन, स्वास्थ्य, बगैँचा तथा वन व्यवस्थापन, वातावरण संरक्षणजस्ता विषयसँग सम्बन्धित व्यावहारिक ज्ञान हुन् (-https://www.cbd.int/traditional/intro.shtml) । समयक्रमसँगै परम्परागत ज्ञान असान्दर्भिकजस्तो देखिए पनि बुझ्नेहरूका यसको महत्व र गरिमा कायमै छ । यो सांस्कृतिक दृष्टिले समृद्ध र वातावरणीय दृष्टिले सुरक्षित ज्ञान मानिन्छ । अहिले खेतीपातीमा प्रयोग हुने कीटनाशक औषधि, प्रसेस्ड फुड आदिका कारण मानव स्वास्थमा गम्भीर असर देखापर्नुका साथै चराचर र समग्र प्राकृतिक वातावरणमा नकारात्मक असर परेको तथ्य सबैले अनुभूत गरेकै कुरा हो । यी तमाम नकारात्मक असरको जवाफको रूपमा परम्परागत ज्ञानलाई लिने गरिएको छ । विभिन्न अध्ययनले यही बताएका छन् । परम्परागत ज्ञानसम्बन्धी अभ्यास वातावरणमैत्री छ । यसको स्थानीय जीवनशैली र संस्कृतिसँग गहिरो नाता रहन्छ । यस पृष्ठभूमिमा परम्परागत ज्ञानलाई जनस्तरको फराकिलो दायरासम्म विस्तार गर्नुपर्ने देखिएको छ । उद्देश्यहरू; परम्परागत ज्ञानबारे जनचेतना अभिवृद्धि गर्ने, परम्परागत ज्ञानको महत्व र उपयोगितालाई उजागर गर्दै दैनिक जीवनमा फाइदा लिनसक्ने वातावरण तयार पार्न आमसञ्चार माध्यम (खासगरी रेडियोकर्मी) लाई परिचालन गर्ने, रेडियोकर्मीलाई परम्परागत ज्ञानबारे रिपोर्टिङ र अनुसन्धान कार्यमा सहयोग गर्ने ।

Course Timeline:
सिकाइ÷उपलब्धि यो एकाइको अध्ययनपछि परम्परागत ज्ञानको अवधारणा, परिभाषा, महत्व, विशेषता, दायरा (क्षेत्र) बारे परिचित हुनेछन् । साथै, परम्परागत ज्ञानबारे विद्यमान आलोचनात्मक दृष्टिकोणबारे पनि जानकार बन्नेछन्

Course Reviews:

Average Rating 0
0 Ratings
Details
5 Stars 0
4 Stars 0
3 Stars 0
2 Stars 0
1 Stars 0

No reviews yet.