कोरोाना भाइरससँगैै फैलिएको डर र त्रासले मानिसको मन बिथोलिएको छ। पत्रपत्रिका, रेडियो, टेलिभिजन र इन्टरनेटको सहज पहुँच भएका ठाउँमा सूचनाहरुको बाढी (Information Overflow) आइरहेको छ। यस्तो बेलामा कुन सूचना पत्याउने, कुनचाँही नपत्याउने, उपभोक्ता अप्ठेरोमा छन्। सत्य र असत्य सूचना छुट्याउन नसक्दाको मनोवैज्ञानिक त्रासले जनजीवन प्रभावित छ। कोरोना भाइरसका बिषयमा केही अनलाइन तथा सामाजिक सञ्जाल बिशेषगरी फेसबुक र ट्वीटरमा फैलिएका अफवाह, जथाभावी सूचना र समाचारलाई विश्व स्वास्थ्य संगठन (World Health Organization, WHO) ले 'Infodemic' को संज्ञा दियो। Infodemic अर्थात सूचना संक्रमण। कोरोना भाइरससँगै अहिले सूचना संक्रमणबाट समेत समुदाय र आम नागरिक प्रभावित छन् । कोरोना भाइरसको बारेमा सही र आधिकारिक सूचना दिएर सुसूचित, शान्त र त्रासरहित समाज बनाउन यस संवेदनशील घडीमा रेडियो पत्रकार तथा सामुदायिक सञ्चारकर्मी वा स्वयंसेवकको जिम्मेवारी झनै बढेको छ । Corona Virus: Tips for Radio भन्ने यो अध्ययन सामग्रीमा हामी रेडियो पत्रकार र समुदायमा कामगर्ने सामुदायिक सञ्चारकर्मीका दायित्व र जिम्मेवारीको चर्चा गर्छौं। यस बिषयमा यो पहिलो पाठ्य सामग्री भएकोले यो अहिले Text को रुपमा मात्र उपलब्ध छ। समयक्रममा यसलाई अन्तरक्रियात्मक (Interactive) बनाइनेछ। यसलाइ हामी नियमित रुपमा अद्यावधिक गर्नेछौं। यो पाठ्यसामग्री पत्रकार र समूदायिक रेडियोमा काम गरिरहेका सञ्चारकर्मीलाईमात्र हैन रेडियो सञ्चालक तथा व्वबस्थापकलाइ समेत उपयोगी रहेको छ।

Course Timeline:
अहिले एकातिर कोरोना भाइरसको बारेमा अफवाह धेरै फैलाइए भनिन्छ। अर्कोतिर कोरोना भाइरसको बारेमा देश वा विदेशमा समेत सही सूचना नपाउँदा अन्यौल रहेको गुनासो स्वयं पत्रकारहरुबाट समेत आउने गरेको छ। तर कोरोना भाइरस, यसको असर, रोग लागेपछीको उपचार, भाइरस फैलिन नदिन सरकारले गरेको तयारी आदी इत्यादी बिषयमा जे जति सूचना वा समाचार उत्पादन र प्रशारण भएपनि सत्य र आधिकारिक हुनुपर्छ।
अहिले जनमानसमा कोरोना भाइरस, यसका असर, भाइरसले असर गर्दा गर्नुपर्ने उपचार र सरकारले दिने सेवा सुविधाका बारेमा सही र आधिकारिक सूचनाको अभाव खट्केको छ। यस्तो बेलामा रेडियोकाे आवश्यकता बढी हुन्छ। हाम्रा रेडियोले यस बिषयमा गर्न सक्ने धेरै उपाय छन्। विपदको यो बेलामा रेडियाेमा बिशेष कार्यक्रमहरु बनाइ प्रशारण गर्नुको अतिरिक्त बाहेक सरकार वा समूदायकै पहलमा बिशेष Health Info Radio सेवा शुरु गर्न सकिन्छ।
विपदका बेला रेडियो प्रभावकारी माध्यम हो भन्ने कुरा २०७२ साको भुकम्पपछी रेडियोले खेलेको भुमिका र श्रोताबाट रेडियाेले पाएको मायाले पनि पुष्टी हुन्छ। कोरोना भाइरसको प्रकोप फैलिन नदिन सरकारले चैत ५ गते गरेको निर्णयपछी पत्रकारको समेत हिडडुल प्रभावित भएको छ। सिमित पत्रकार तथा सञ्चारकर्मीमात्र स्टुडियोमा बस्नु पर्ने हुनसक्छ। आगामी दिनमा यस्तो दैनिकी अझै प्रभावित हुने खतरा बढेको छ। यस्ताेबेलामा रेडियोले Work or Broadcast From Home गर्न सक्छन्। work or Broadcast From Home गर्न सजिलो
कोरोना भाइरसले अहिलेसम्म २ लाख मानिस प्रभावित भएका छन्। विश्वमा ११ दर्जन देशमा यसको असर देखिएको छ। सही सूचना र जानकारीको अभावमा मानिसहरु अन्यौलमा परेका छन्। संसारभरीकै पत्रकारका लागि कोरोना सम्बन्धी रिपोर्टिंङ चुनौती बनिरहेको छ।
कोरोना सम्बन्धि सही आधिकारिक र भरपर्दा सूचनाहरु पाइने ठाउँ र सूचना दिने तरिका सम्बन्धमा अहिले विश्वभर पत्रकारलाई उपयोगी हुने सूचना तथा जानकारीमुलक सामग्रीहरु उपलब्ध हुनथालेका छन् । यो खण्डमा त्यस्ता केही उपयोगी जानकारी पाउन सकिने वेवसाइटहरुको विवरण यहाँ उपलब्ध गराइएको छ।
कोरोना भाइरसका विषयमा अनेक भ्रमहरू फैलिन थालेपछी सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को पहलमा केही साता पहिले काठमाण्डौमा सरोकारवालाबीच छलफल भएको थियो। त्यो छलफलका निष्कर्ष स्वरुप तयार भएको सामग्रीबाट पनि धेरै कुरा सिक्न सकिन्छ।

Free

Get Now

Course Reviews:

Average Rating 0
0 Ratings
Details
5 Stars 0
4 Stars 0
3 Stars 0
2 Stars 0
1 Stars 0

No reviews yet.