सोसल मिडिया इन्टरनेट प्रविधिमा आधारित संचार माध्यम हो जहाँ इन्टरनेट प्रयोगकर्ताहरुले सामाजिक सञ्जालहरुको प्रयोग गरेर, एक आपसमा अन्तरक्रिया गर्ने, आफ्ना विचार प्रस्तुत गर्ने, आफू सँग भएका जानकारी, समाचार तथा सूचनाहरु आदानप्रदान गर्ने गर्छन् । फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम, टिकटक आदि नेपालमा नाम चलेका सामाजिक सञ्जालहरु हुन् । अनलाइन मिडियामा अभिरुची राख्ने आमसञ्चार तथा पत्रकारिताका विद्यार्थी, सोसल मिडियामा रुची राख्ने र भर्खर सिक्दै गरेका सबैका लागि यो कोर्श उपयुक्त छ । सोसल मिडियाको परिचय, विशेषता, सोसल मिडिया मार्केटिङ, फेक न्युज, सोसल मिडियामा गर्न हुने र नहुने आदि कुराहरुको बारेमा आधारभुत जानकारीहरु यो कोर्शमा राखिएकोछ । कोर्शको अन्तिम'मा सबै पाठ समेटिएको स्लाइड (पिडिएफ) राखिएकोछ, जुन तपाईले डाउनलोड गरेर आफ्नो रिफ्रेन्सको लागि प्रयोग गर्नसक्नुहुन्छ । यो कोर्श सक्न १५ देखि २० मिनेट लाग्छ ।